
खुम्रे किरा प्रकोप नियन्त्रण गर्न गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ सहित प्राविधिक टोलि मंगलबार गजुरी गाउँपालिकाको वडा नं -३ पुराकसिङ पुगेका छन् ।
लामो समयदेखि खुम्रेकिरा प्रकोपका कारण पुराकसिङका किसान आजित बन्दै आएका छन् । खाद्य अधिकार प्रभावित समुहको सवाल सम्बोधन गर्न अध्यक्ष श्रेष्ठ सहित प्राविधिक टोली पुराकसिङ पुगेका हुन् । खुम्रे किराका कारण कृषि उत्पादन नहुने स्थानीय विमला तामाङले बताउनुभयो । खुम्रे किरा नियन्त्रण गर्ने भनेको पनि लामो समय भयो ।
उहाँले भन्नुभयो,– खुम्रे किरा नलागे केहि महिना भएपनि खान पुग्थ्यो । तर ज्याला मजदुरी गरेर गुजारा चलाउन बाध्य छौ । खुम्रे किराको नियन्त्रण गर्न पनि बत्ती चाहिने रहेछ । तर हाम्रो गाउँमा विजुली बत्ती पनि छैन । खुम्रे किराको प्रकोप समाधान गर्न धेरै प्रयास गरियो तर समाधान नहुदा पुराकसिङबासी ठूलो समस्यामा रहेको उहाँले बताउनुभयो । खुम्रे किरा नियन्त्रण गर्ने भनेर फियान नेपालको सहयोगमा थुप्रै छलफल भएको कमला चेपाङले बताउनुभयो ।
मकै लगायो जरै खाइदिन्छ । कमला भन्नुहुन्छ,– एक वर्ष विराएर खुम्राले क्षति गर्छ । खुम्रे किरा लागेको समयमा त कत्ति पनि उत्पादन हुदैन । गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, प्राविधिक टोलि सबै आउनुभएको छ । अव चाँहि केहि उपायको खोजी हुन्छ कि भन्ने आशा छ, कमलाले बताउनुभयो । छलफल कार्यक्रममा खुम्रे किरा मात्र होइन स्थानीयहरुले अन्य सवालहरु पनि उठाएका छन् । सडक सञ्जाल, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका समस्या तथा सवालहरु उठाएका छन् ।
गाउँमा सडक सञ्जाल नुहुदा दुख विमार परेको बेला समस्या पर्ने गरेको रामकुमार चेपाङले बताउनुभयो । पहिरो गएका कारण गाउँमा सवारी साधन ल्याउन सकिदैन । उहाँले भन्नुभयो,– गाउँमा उत्पादित कृषि जन्य उत्पादन बजार पु¥याउन सकिएको छैन । बजारबाट राशन ल्याउन उस्तै समस्या छ । गाउँमा बत्ती छैन, अन्धकारमय छ । समस्याको चाङनै भएको उहाँले भयो ।
पुराकसिङबासीको समस्या तथा सवाल बुझ्न गाउँ नै आएकोमा स्थानीय हुन्डरी तामाङले खुषी व्यक्त गनुभयो । राजमार्गको नजिकै रहेको पुराकसिङमा आधारभूत आवश्यकता नै पुरा नभएको उहाँले बताउनुभयो । स्थानीय आफै पनि जागरुक हुनु पर्ने रहेछ । पालिका अध्यक्ष सहितको टाली आएर समस्या तथा सवालको समाधान खोज्न लागिएको छ ।
गाउँमा छिट्टै बत्ती बल्ने र खुम्रे किरा प्रकोप नियन्त्रण हुने आशा लागेको उहाँले बताउनुभयो । गाइबस्तुको आलो गोवर खेतवारीमा प्रयोग नगर्न प्राविधिक शर्मिला सुवेदीले सुझाव दिनुभएको छ । खुम्रे किरा माटो मुनि रहने हुदा माटो पल्टाएर राख्न सकिन्छ । तर वैज्ञानिक तरिकाले खुम्रे किराको समाधान गर्नु पर्ने उहाँले बताउनुभयो ।
पुराकसिङबासीले भोग्दै गरेका समस्याको पहिचान गरिएको छ । अब निकट भविष्यदेखिनै समाधानको बाटो खोजिने गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो । नजिकबाट समस्या तथा सवालको पहिचान गर्न कै लागि पुराकसिङ आएका हौं । छिट्टै समस्याको समाधान गरिने उहाँले बताउनुभयो ।
त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष ऋषिलाल श्रेष्ठले समस्या समाधान गर्ने प्रयास भैरहेको बताउनुभएको छ । स्थानीयले उठाएका सवालहरुको सकभर चाँडै समाधान गरिने उहाँले बताउनुभयो । खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आएको फियान नेपालले पुराकसिङबासीलाई खाद्य अधिकार तथा सुरक्षित आवासका लागि क्षमता अभिवृद्धि गर्दै सहजिकरण गरिरहेकोे फियान नेपालका राजेन्द्र बस्नेतले बताउनुभयो ।