२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको विहानी पम्प नजिकै दुर्घटनामा परि मृत्यु हुनेको पहिचान खुल्यो(घाईतेहरुको नाम सहित)

धादिङको विहानी पम्प नजिकै दुर्घटनामा परि मृत्यु हुनेको पहिचान खुल्यो(घाईतेहरुको नाम सहित)

पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ विहानी पम्प नजिकै दुर्घटनामा मृत्यु भएकी महिलाको सनाखत भएको छ ।

मृत्यु हुनेमा लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ९ की ३० वर्षिया बिमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो । मृतक सुनारको शव गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको छ ।

हिजो मंगलबार भैरहवाबाट काठमाण्डौं तर्फ जाँदै गरेको लु २ ख २६४४ नम्बरको बस र विपरित दिशाबाट आँउदै गरेको बा २ ख ४७६२ नम्बरको माईक्रोबस एकआपसमा ठोक्कीएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि घाईते भएका १७ जना मध्ये ४ जना उपचार पछि घर फर्किएका छन् भने अन्य घाईतेहरुको ट्रमा सेन्टरमा उपचार भईरहेकोप्रहरी नायव उपरिक्षक खत्रीले बताउनुभयो ।



घाईतेहरुको नाम :-

जि.लमजुङ दोर्दि गा.पा.९ बस्ने बर्ष अ.३० को दिलराम सुनार बाँया खुट्टामा चोट-अवस्था मध्यम ।

जि.तनहु भानु न.पा.९ बस्ने बर्ष १९ की दिपा सुनार घाटिमा चोट अवस्था- मध्यम बोल्न सक्ने ।

जि.लमजुङ बेसिशहर न.पा.३ बस्ने बर्ष २६ को काजि दुलाल अबस्था सामन्य । बि.एण्ड बि

जि.लमजुङ सुन्दरबजार न.पा.६ बस्ने बर्ष २८ को बिशाल दर्जी (माईको चालक) अवस्था मध्यम ।

जि.दोलखा भिमेश्वर न.पा.२ बस्ने बर्ष ३१ को सुजन श्रेष्ठ टाउकोमा चोट-अवस्था मध्यम ।

जि.लमजुङ दोर्दी गा.पा.४ बस्ने बर्ष २९ की मनिषा गुरुङको टाउको र मुखमा चोट-अवस्था मध्यम । ट्रमासेन्टर

जि.गोरखा अजिरकोट गा.पा.३ बस्ने बर्ष ३८ को शरण अधिकारी आँखामा चोट-अवस्था मध्यम ।

जि.लमजुङ सुन्दरबजार न.पा.७ बस्ने बर्ष ४६ तिर्थ कुमारी अछामी खुट्टामा चोट-अवस्था मध्यम ।

जि.काठमाण्डौ का.म.न.पा कलंकि बस्ने बर्ष ५१ बिनयराज पन्त खुट्टामा चोट-अवस्था सामान्य ।

जि.काठमाण्डौ चन्द्रगिरि न.पा.८ बस्ने बर्ष ४२ की मन्जु अधिकारी-अबस्था सामन्य ।

जि.काठमाण्डौ चन्द्रगिरि न.पा.८ बस्ने बर्ष १९ को नारायण खत्री-अबस्था सामान्य ।

जिल्ला तनहु भानु न.पा.११ बस्ने बर्ष ४४ को भरत अधिकारी टाउको दाहिने खुट्टामा चोट अबस्था मध्यम । ग्रिन सिटि

जि.लमजुङ राइनाथ न.पा.८ बस्ने बर्ष ५० को राजु ओलिया खुट्टामा चोट-सामान्य ।

लु २ ख २६४४ नं.को बसमा सवार

जिल्ला काठमाडौ चन्द्रागिरि न.पा.३ बस्ने बर्ष ५६ को यम प्र. सिम्खडा सामान्य रहेको डिष्चार्ज ।

जिल्ला चितवन भ.न.पा.७ बस्ने बर्ष १८ को अभिसेक उप्रेती सामान्य डिष्चार्ज ।

ऐ.ऐ बस्ने बर्ष बर्ष २५ को मिलन अधिकारी सामान्य डिष्चार्ज ।

ऐ.ऐ१२ बस्ने बर्ष १९ को शिसिर बराल सामान्य डिष्चार्ज ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।