पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ विहानी पम्प नजिकै दुर्घटनामा मृत्यु भएकी महिलाको सनाखत भएको छ ।

मृत्यु हुनेमा लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ९ की ३० वर्षिया बिमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो । मृतक सुनारको शव गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको छ ।

हिजो मंगलबार भैरहवाबाट काठमाण्डौं तर्फ जाँदै गरेको लु २ ख २६४४ नम्बरको बस र विपरित दिशाबाट आँउदै गरेको बा २ ख ४७६२ नम्बरको माईक्रोबस एकआपसमा ठोक्कीएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि घाईते भएका १७ जना मध्ये ४ जना उपचार पछि घर फर्किएका छन् भने  अन्य घाईतेहरुको ट्रमा सेन्टरमा उपचार भईरहेकोप्रहरी नायव उपरिक्षक खत्रीले बताउनुभयो ।

 



घाईतेहरुको नाम :-

जि.लमजुङ दोर्दि गा.पा.९ बस्ने बर्ष अ.३० को दिलराम सुनार बाँया खुट्टामा चोट-अवस्था मध्यम ।

जि.तनहु भानु न.पा.९ बस्ने बर्ष १९ की दिपा सुनार घाटिमा चोट अवस्था- मध्यम बोल्न सक्ने ।

जि.लमजुङ बेसिशहर न.पा.३ बस्ने बर्ष २६ को काजि दुलाल अबस्था सामन्य । बि.एण्ड बि

जि.लमजुङ सुन्दरबजार न.पा.६ बस्ने बर्ष २८ को बिशाल दर्जी (माईको चालक) अवस्था मध्यम ।

जि.दोलखा भिमेश्वर न.पा.२ बस्ने बर्ष ३१ को सुजन श्रेष्ठ टाउकोमा चोट-अवस्था मध्यम ।

जि.लमजुङ दोर्दी गा.पा.४ बस्ने बर्ष २९ की मनिषा गुरुङको टाउको र मुखमा चोट-अवस्था मध्यम । ट्रमासेन्टर

जि.गोरखा अजिरकोट गा.पा.३ बस्ने बर्ष ३८ को शरण अधिकारी आँखामा चोट-अवस्था मध्यम ।

जि.लमजुङ सुन्दरबजार न.पा.७ बस्ने बर्ष ४६ तिर्थ कुमारी अछामी खुट्टामा चोट-अवस्था मध्यम ।

जि.काठमाण्डौ का.म.न.पा कलंकि बस्ने बर्ष ५१ बिनयराज पन्त खुट्टामा चोट-अवस्था सामान्य ।

जि.काठमाण्डौ चन्द्रगिरि न.पा.८ बस्ने बर्ष ४२ की मन्जु अधिकारी-अबस्था सामन्य ।

जि.काठमाण्डौ चन्द्रगिरि न.पा.८ बस्ने बर्ष १९ को नारायण खत्री-अबस्था सामान्य ।

जिल्ला तनहु भानु न.पा.११ बस्ने बर्ष ४४ को भरत अधिकारी टाउको दाहिने खुट्टामा चोट अबस्था मध्यम । ग्रिन सिटि

जि.लमजुङ राइनाथ न.पा.८ बस्ने बर्ष ५० को राजु ओलिया खुट्टामा चोट-सामान्य ।

लु २ ख २६४४ नं.को बसमा सवार

जिल्ला काठमाडौ चन्द्रागिरि न.पा.३ बस्ने बर्ष ५६ को यम प्र. सिम्खडा सामान्य रहेको डिष्चार्ज ।

जिल्ला चितवन भ.न.पा.७ बस्ने बर्ष १८ को अभिसेक उप्रेती सामान्य डिष्चार्ज ।

ऐ.ऐ बस्ने बर्ष बर्ष २५ को मिलन अधिकारी सामान्य डिष्चार्ज ।

ऐ.ऐ१२ बस्ने बर्ष १९ को शिसिर बराल सामान्य डिष्चार्ज ।

Facebook Comments