आठौँ धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने हुनुभएको छ । पुष ७ गतेदेखि १७गते सम्म चल्ने महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री पाण्डेलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको धादिङका उद्योग बाणिज्य संघका अध्यक्षएवं महोत्सवमुल समारोह समितिका संयोजक विष्णु थपलियाले बताउनुभयो ।

संघको प्रतिनिधि मण्डलको टोलीले पाण्डेलाइ भेटेर प्रमुख अतिथिको निमन्त्रणा पत्रदिएको थियो । महोत्सवको उद्घाटन पुष७गते अपरान्ह १२ बजे गर्ने कार्यक्रम तय भएको छ । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषिजलस्रोत पर्यटन र उद्योगको पुर्वाधानभन्ने मुल नाराको साथधादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सव हुदैछ ।

उद्घाटन सत्रअघि रुवीभ्याली गाउँपालिकाको तामाङ सस्कृति घोडचढी नाथ देखि बेनिघाट रोराङ गाउँपालिकाको चेपाङ सस्कृतिसम्मलाई समेटेर झाँकी तथा शोभायात्रा निकालिने महोत्सव मुलआयोजक समितिले जानकारी दिएको छ ।

यस्ता छन् महोत्सवकोे मुख्यआर्कषणहरु :-
 स्थानीयतह भित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी
 कृषि प्रदर्शनी
 सानातथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्रीवितरण
 विविध साँस्कृतिक प्रदर्शनी
 पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु
 स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
 हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण
 राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्तकलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
 ख्निज जन्य वस्तुको प्रदर्शनी तथा विक्री
 जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी
 आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी
 इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री÷सूचना प्रविधी सम्बन्धी जानकारी

Facebook Comments