माघ २२
स्पेनिस ला लिगाको लिड लिडर बार्सिलोना तुलनात्मक रुपमा कमजोर टिम इस्पानोयलसँग बराबरीमा रोकिएको छ । इस्पानोयलको मैदानमा भएको खेलमा बार्सिलोनाले घरेलु टिमको एक गोलको अग्रतालाई बराबरी गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६६ औं मिनेटमा इस्पानोयलका गेरार्ड मोरेनोले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर ८२ औं मिनेटमा जेरार्ड पिकेले बार्सिलोनाका लागि बराबरी गोल गरे ।त्यसपछि दवैै टिमबाट गोल हुन सकेन र बार्सिलोनाले सिजनमा चौथो खेलमा बराबरी खेल्यो । यस्तैइङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्याम हट्सपरसँग २÷२ गोलको बराबरी खेलेको छ ।
गएराति लिभरपुलको मैदानमा भएको खेलमा घरेलु टोलीका मोहोमद सालाहले दुई गोल गर्दा टोटनह्यामका भिक्टर वान्यामा र ह्यारी केनले एक–एक गोल गरे ।खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई केनले गोलमा बदलेपछि टोटनह्यामले सम्भावित हार टारेको हो ।
प्रिमियर लिगअन्तर्गतकै अर्को खेलमा क्रिष्टल प्यालेस र न्युकासल युनाईटेडले १/१ गोलको बराबरी खेलेका छन् । इङ्लिस प्रिमियर लिग फुटबलमा आज वाट्फोर्ड र चेल्सी भिड्नेछन् ।











