२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ दुर्घटना अपडेट : मृतक मध्ये ३ जनाको पहिचान खुल्यो (मृतक र घाईतेहरुको नाम सहित)

धादिङ दुर्घटना अपडेट  : मृतक मध्ये ३ जनाको पहिचान खुल्यो  (मृतक र घाईतेहरुको नाम सहित)

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी–२ छहराबाट त्रिशुली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मध्ये २ जना महिला र ६ जना पुरुष छन् ।

मृत्यु हुनेहरुमा धादिङको गजुरी गाउँपालिका–८ बस्ने अन्दाजी २४/२५ का सविन रम्तेल, म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने बर्ष ५० को थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ बस्ने बर्ष १५ कि कृतिका शर्मा पौडेलको मृत्यु भएको । अन्य ५ जनाको भने पहिचान खुल्न बाँकी छ ।

ठमाण्डौबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार विहान सवा ११ बजे दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई त्रिशुली नदिमा सडक बाट ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले बताउनुभयो । दुर्घटनामा १६ जना घाईते भएका छन् ।

घाईतेहुनेहरुमा पर्वतको मोदी गाउँपालिका– १ बस्ने बर्ष ४१ को गुरुदत्त शर्मा पौडेल, बस चालक म्याग्दी बेनि नगरपालिका– ६ बस्ने बर्ष ३० को दिपक थापा, बेनी नगरपालिका– ३ बस्ने बर्ष २४ को पुर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका– १ बस्ने बर्ष १९ को कुशल अधिकारी, नामथर वतन नखुलेको अन्दाजी बर्ष ३०/४० कि महिला , अन्दाजी ३०/३५ को पुरुष , अन्दाजी बर्ष ३५/३६ को पुरुष रहेका छन् ।

यस्तै काठमाण्डौ किर्तिपुर नगरपालिका–९ बस्ने बर्ष ५२ को खड्क कुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका– २ बस्ने बर्ष १६ कि गिता जंजाली मगर, बाग्लुङकोे बर्ष १९ कि शुस्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिका बस्ने बर्ष अन्दाजी ६३ कि हरिकला गौडेल रहनुभएको छ ।

यस्तै म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ बस्ने बर्ष २२ कि अञ्जु राना मगर, गरुङ्गंगा गाउँपालिका–७ बस्ने बर्ष २९ को प्रविन पुन, बंगलादेशका बर्ष ३२ को मोहमद हजिरहुल, म्याग्दी रघुगंगा गाउँपालिका–६ बस्ने बर्ष २३ कि रिना रानामगर , बाग्लुङको गलकोट बस्ने बर्ष ६८ कि ज्ञानु बुढामगर रहनुभएको छ ।

केही अझै हराईरहेको हुन सक्ने आशंकामा गोताखोर टोलीले खोजी गरिरहेको छ । बसका सह चालक नुवाकोटको बेलकोटगढी नगरपालिका–६ बस्ने बर्ष ३४ को रोशन तामाङलाई सकुशल उद्वार नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।