
फाईल तस्बिर
धादिङ त्रीपुरासन्दरी गाउँपालिका वडा नम्बर ६ मगरडाँडा स्थित आँखु खोलामा माछा मार्ने क्रममा एकजना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १खोल्सी छाप गाउँ बस्ने ४२ वर्षिय बाबुराम कुमाल रहेका छन् । बेपत्ता कुमालको ईलाका प्रहरी कार्यालय सल्यान्टारका प्रहरी र स्थानिय विच खोजी कार्य भईरहेको छ ।
सँगै माछा मार्न गएका ३२ वर्षिय भाई अम्मर कुमाल भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । कुमालका दाजु भाई खोलाको विचमा बसेर जाल हानी माछा मारिरहेका थिए ।