२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको आँखु खोलामा माछा मार्ने क्रममा एक जना बेपत्ता

धादिङको आँखु खोलामा माछा मार्ने क्रममा एक जना बेपत्ता

फाईल तस्बिर

धादिङ त्रीपुरासन्दरी गाउँपालिका वडा नम्बर ६ मगरडाँडा स्थित आँखु खोलामा माछा मार्ने क्रममा एकजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १खोल्सी छाप गाउँ बस्ने ४२ वर्षिय बाबुराम कुमाल रहेका छन् । बेपत्ता कुमालको ईलाका प्रहरी कार्यालय सल्यान्टारका प्रहरी र स्थानिय विच खोजी कार्य भईरहेको छ ।

सँगै माछा मार्न गएका ३२ वर्षिय भाई अम्मर कुमाल भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । कुमालका दाजु भाई खोलाको विचमा बसेर जाल हानी माछा मारिरहेका थिए ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।