२०८३ कार्तिक १७, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

चलचित्र चिट्ठीको पहिलो गीत सार्वजनिक(भिडियो)

चलचित्र चिट्ठीको पहिलो गीत सार्वजनिक(भिडियो)

चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा” सार्वजनिक भएको छ । माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा चर्चित पाश्र्व गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्दरचना रहेको छ । उक्त गीतलाई सञ्चारकर्मी समेत रहेका गायक तथा संगीतकार सरोज कोईरालाले संगीत गरेका छन् । गीतलाई ओएस्आर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ ।

कमेडी जनारामा बनेको चलचित्र चिट्ठीको केन्द्रिय भुमिकामा संजीत भण्डारी, खड्ग बहादुर पुन मगर “खबपु”, गोपाल ढकाल“छन्दे”, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुषाल, श्रीदेव भट्टराई लगायतका रहेका छन भने नम्रता खरेल, रश्मी भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपुत, प्रल्हाद खरेल, उद्धव भट्टराई, समिर लामा, पुर्ण राई, पुरुषोत्तम सानु लगायत कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई जीवन पराजुली र राजन खरेलले खिच्नुभएको हो भने सम्पादन माधब खरेल र अच्यूत बजगाईले गर्नुभएको हो । कलर संयोजक तथा भिएफ्एक्स समिर मिँया, गीतको मिक्सिङ तथा मिक्सिङ एवम् चलचित्रको ब्याकग्राउण्ड स्कोरिङ पुस्कर खत्रीको देख्न सकिन्छ । मनोज परियारले चलचित्रको साउण्ड मिक्सिङ गर्नुभएको चलचित्रमा ५.१ साउण्ड मिक्सिङ अमित श्रेष्ठ, श्रृंगार नरेश खरेल, द्धन्द निर्देशन किरण दाहालले गर्नुभएको हो। त्यसैगरी अमृत चापागाईको पोष्टर डिजाईन र साहिल खानको पब्लिसिटी डिजाईन रहेको छ । चलचित्रको साहायक निर्माताको रुपमा अनिता कुँवर, समिर खान र कृष्णादेबी आचार्य रहनुभएको छ ।

काठमाण्डौ, काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको चलचित्र चिट्ठीको पोष्ट–प्रोडक्सनको सम्पुर्ण कार्य सकाएको निर्माण कम्पनीले प्रदर्शनी मिति भने छिट्टै तोकिने बताएकोे छ । एरा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र चिट्ठीलाई संचारकर्मी कमला जोशीले निर्माण गर्नुभएको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।