
धादिङ जिल्ला अदालतमा चालु आर्थिक वषको ५ महिनामा सबैभन्दा बढि सम्बन्ध विच्छेदको मुद्धा दर्ता भएको छ । जिल्ला अदालत धादिङले आयोजना गरेको पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
धादिङमा ६ सय ३३ वटा दर्ता भएका मुद्दा मध्ये सबै भन्दा बढि सम्बन्ध बिच्छेदका मुद्दा भएको धादिङ जिल्ला अदालतका श्रेष्तेदार माधव भण्डारीले जानकारी दिनुभयो । यस्तै सबैभन्दा कम वन पैदावर सम्बन्धीको मुद्धा दर्ता भएको छ । दर्ता भएको मुद्दा मध्ये १ सय २६ फछ्र्याैट भएको छ भने १ सय १५ वटा मुद्धा फछ्र्याैट हुन बाँकी रहेको छ ।
यसैगरी वन पैदावर तर्फ ११ वटा मुद्धा दर्ता भएकोमा २ वटा मुद्धा फछयौट भएको छ भने ९ वटा मुद्धा फछयौट हुन बाँकी रहेको छ । धादिङ जिल्ला अदालतका श्रेष्तेदार माधव भण्डारीले संचारकर्मीसंग अन्तरक्रिया राख्नुको उदेश्य, नागरिकको दृष्टिकोमा अदालत र संचारकर्मी, अदालती समाचार संकलन र यसका स्रोत, धादिङ जिल्ला अदालतको वर्तमान अवस्था लगायतको विषयमा सहजिकरण गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहँदै अदालतका प्रमुख तथा न्यायाधीश बास्तोलाले अदालत विशुद्ध जनआस्थासँग जोडिएको संस्था भएको जिल्ला अदालत धादिङका प्रमुख तथा न्यायाधीश गोपाल प्रसाद बास्तोलाले बताउनु भएको छ । नागरिकहरुले धेरै आशा र अपेक्षा गरेको संस्था अदालत भएको भन्दै बास्तोलाले अदालत प्रतिको विश्वास गुम्न नदिने स्पष्ट पार्नुभयो ।
सामाजिक सञ्जालबाट अदालत प्रति भ्रम फैलाउने काम गरीरहेको भन्दै उहाँले सञ्चार माध्यमले त्यस्ता भ्रमलाई चिर्नुपर्ने दायित्व थपिएको बताउनुभयो ।