पौष १९- धादिङ
मुक्तीनाथ विकास बैंक आदमघाट शाखा धादिङले डस्टविन वितरण गरेको छ । बैंकले आफ्नो १८ औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत डस्टविन वितरण गरेको हो ।

बैंकले आदमघाट बजार क्षेत्रको लागि १५ वटा डस्टविन वितरण गरेको बैंकका कर्जा शाखा प्रमुख राजकुमार रिजालले धादिङ अपडेटलाई जानकारी दिनुभयो । आज एक कार्यक्रमका विच गजुरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङलाई बैकका क्षेत्रीय कार्यालय धादिङका प्रमुख ध्रुव प्रसाद रेग्मी र शाखा प्रबन्धक अनिल प्रसाद ढकालले संयुक्त रुपमा डस्टविन हस्तान्तरण गर्नुभएको हो ।

यस्तै बैंकले अस्थायी प्रहरी पोष्ट आदमघाटको लागि एक थान फायर एक्सिटङगुचर पनि वितरण गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष भक्त बहादुर तामाङले मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै प्रदान गरेको सहयोगले बजार क्षेत्रको सुन्दरतामा थप मद्दत पुग्ने बताउनुभयो । वित्तिय क्षेत्रमा अग्रणी भुमिकामा रहेर नागरिकलाई सेवा प्रदान गर्दै आईरहेको मुक्तीनाथ बैंकले गरेको यस्ता रचनात्मक सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिन वडा अध्यक्ष तामाङले आग्रह गर्नुभयो ।

बैंकले आफ्नो १८ औं वार्षिक उत्सवको अवसरमा देशैभर आज रक्तदान, अनाथ वाल वालिका लाई न्यानो कपडा , शैक्षिक सामाग्री वितरण, विभिन्न सरसफाई लगायतका कार्याक्रम गरेको छ ।

२०६३ साल पौष १९ गते स्याङ्जा जिल्लाको पुतली बजारमा स्थापना भएको मुक्तीनाथ विकास बैंकको १ सय ७८ वटा शाखा र ५ वटा एक्सटेनसन काउण्टर रहेको छ । अन्तराष्ट्रिय बैकिंङ सेवा, रेमिट्यान्स सेवा, सम्पुर्ण डिजिटल बैकिंङ सेवा, सेयर कारोबारको लागी मुक्तिनाथ क्यापिटल साथै यस अन्तर्गत म्युचल फण्ड, कृषि लाई आधुनिक प्रविधि मेत्री बनाउन मुक्तिनाथ कृषि कम्पनी स्थापना भई सेवा प्रदान गरिरहेको छ ।

वार्षिक उत्सव कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङ, विपत व्यवस्थापन वेस क्याम्प आदमघाटका प्रहरी नायव उपरिक्षक तुला बहादुर चौधरी, अस्थायी प्रहरी पोष्ट आदमघाटका प्रहरी सहायक निरिक्षक किस्मत पौडेल, मुक्तिनाथ विकास बैक लि. क्षेत्रीय कार्यालय धादिङका प्रमुख ध्रुव प्रसाद रेग्मी लगायत बैंकका कर्मचारी लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

 

Facebook Comments