राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाले जुलाई १२  मा ‘बृहत लोक दोहोरी धमाका कार्यक्रम–२०२४’ गर्ने भएको छ ।

कलाकार राहतकोष स्थापना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ७ औं वार्षिक उतसवको अवसरमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको तयारीलाई तिब्र पारिएको पनि आयोजकले जनाएको छ ।

गीत संगितको क्षेत्रमा पाईला चाल्दै गरेका नव प्रतिभावन कलाकारहरुलाई निशुल्क संगीत प्रशिक्षण गराउन र उनिहरुको भविश्वमा आईपर्ने समस्यालाई समाधान गर्नको निम्ति कार्यक्रमको आयोजना गरिएको कतारबाट धादिङ अपडेट संवाददाता राज श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा लोक दोहोरी गायक राजु परियारको विशेष प्रस्तुती रहनेछ ।

Facebook Comments