२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कतारमा ‘बृहत लोक दोहोरी धमाका कार्यक्रम–२०२४’ हुँदै

कतारमा ‘बृहत लोक दोहोरी धमाका कार्यक्रम–२०२४’ हुँदै

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाले जुलाई १२ मा ‘बृहत लोक दोहोरी धमाका कार्यक्रम–२०२४’ गर्ने भएको छ ।

कलाकार राहतकोष स्थापना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ७ औं वार्षिक उतसवको अवसरमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको तयारीलाई तिब्र पारिएको पनि आयोजकले जनाएको छ ।

गीत संगितको क्षेत्रमा पाईला चाल्दै गरेका नव प्रतिभावन कलाकारहरुलाई निशुल्क संगीत प्रशिक्षण गराउन र उनिहरुको भविश्वमा आईपर्ने समस्यालाई समाधान गर्नको निम्ति कार्यक्रमको आयोजना गरिएको कतारबाट धादिङ अपडेट संवाददाता राज श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा लोक दोहोरी गायक राजु परियारको विशेष प्रस्तुती रहनेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।