तुम्सिङ तारा मगरको स्टोरी टेलिङ ‘धादिङ टु काठमाडौँ’ को भिडियो सार्वजनिक भएको छ । शनिबार काठमाण्डौमा एक कार्यक्रमका बिच भिडियो सार्वजनिक गरिएको हो ।
ताराकै कथा लेखन, भिडियो निर्देशन र अभिनय रहेको स्टोरी टेलिङ भिडियो Mr.Tumsing युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।
भिडियोमा तारासँगै सपना पुन मगरले अभिनय गर्नुभएको छ । मुना सुयाल मगर सहायक निर्देशक रहेको भिडियोको छायाङ्कन तथा सम्पादन मनोज बस्नेतले गर्नुभएको हो ।
नेपालमै पहिलोपटक कथालाइ दृश्यमा उतारेको यस प्रकारको भिडियो मार्फत वर्तमान अवस्थामा युवाको समस्या भोगाइ र विदेश प्रतिको मोहलाइ प्रस्तुत गरिएको छ ।
देशमै बस्न चाहने युवाले भोग्नु परेको समस्या,वर्तमान व्यवस्थाले विदेशिन बाध्य बनाएको कुरा कथा मार्फत देखाईएको छ।
धादिङ सिद्धलेक गाउँपालिका वडा नं २ निवासी तुम्सिङ तारा मगर संञ्चारकर्मी हुनुहुन्छ ।
रत्न राज्यलक्ष्मी क्याम्पसबाट पत्रकारिता र नेपाली साहित्यमा स्नातक गर्नुभएका उहाँले बिगत १० वर्ष यता काठमाडौँमा रहेर पत्रकारिता गर्दै आउनुभएको छ ।
भिडियो हेर्नुहोस् :
https://youtu.be/vZH7rUYh6cE?si=_5120YvW2IkF8GTi