नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङले ‘गुरुङ ड्रेस फोटो कन्टेस्ट–२०८१’ आयोजना गरेको छ । गुरुङ जातीको पोषाकको संरक्षण, सवंद्र्धन र पुस्तान्तरणको गर्ने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको अध्यक्ष रेखबहादुर गुरुङले बताउनुभयो ।

‘कला संस्कृति भेषभुषा गुरुङ जातीको पहिचान, यसको संरक्षण र संर्वद्धन हाम्रो अभियान’ भन्ने नारा सहित आयोजना गरेको उक्त प्रतियोगीतामा सहभागी हुन ईच्छुक व्यक्तीहरुले गुरुङ ड्रेस लगाएको स्पष्ट बुझिने ओरिजिनल फोटो हुनुपर्ने, जुनसुकै उमेरका जुनसुकै समुदायका व्यक्तीले सहभागीता जनाउन सकिने अध्यक्ष गुरुङले बताउनुभयो । प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश नगद २० हजार, १० हजार र ५ हजारका साथै आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

भने टप १० प्रतियोगीहरुले गुरुङ ड्रेसको साथमा आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । साथै विजयी हुने ३ जनालाई बारपाक घुम्ने अवसर पनि रहेको आयोजकले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा सञ्चालन हुने प्रतियोगीतामा सहभागी प्रतियोगि फोटोहरुमा प्राप्त लाइक/शेयर र बान्कि पूरा भए/नभएको आधारमा विजेता घोषणा गरिनेछ । प्रतियोगीताको मिडिया पार्टनको रुपमा धादिङ अपडेट डटकम रहेको छ भने डिजिटल पार्टनरहेको रुपमा तमू वल्र्ड रहेको छ ।

 

प्रतियोगीताका नियमहरु :
– गुरुङ ड्रेस लगाएको स्पष्ट बुझिने ओरिजिनल फोटो हुनुपर्नेछ ।
– फोटो कन्टेस्टमा सहभागी हुन तोकिएको प्रवेश शुल्क रु १००/–QR बाट भुक्तानी गरेको रिसिप (स्क्रिनसर्ट) वा Garima Bikas Bank , Dhading Branch NEPAL TAMU (GURUNG) BIDHYARTHI CHHOJ DHI A/c N0.08110101207197000001 डिपोजिट गरेको भौचर फोटो सँगै पठाउनु पर्नेछ ।
– फोटोलाई द्यययकत गर्न पाईने छैन । द्यययकत गरिएका लाईक, कमेन्ट र शेयरलाई मान्यता दिईनेछैन ।
– विश्वका जुनसुकै उमेरका जुनसुकै समुदायका व्यक्तीले सहभागीता जनाउन सकिनेछ ।
– सहभागीहरुले नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको आधिकारिक फेसबुक पेज वा ध्जबतकबउउ ल्ण्। ९८६१८२३४२६, ९८५१२१३२०९, ९८६५६३८७८८ मा फोटो पठाउन सकिनेछ ।
– प्रतियोगि फोटोहरुमा प्राप्त लाइक÷शेयर र बान्कि पूरा भए÷नभएको आधारमा विजेता घोषणा गरिनेछ ।

 

Facebook Comments