
दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलाको चौथोे दिन १० हजार भन्दा बढि दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । मेलाको चौथो दिन गायक नवराज काप्री, गायिका सिमा थापा, कमला घिमिरे, जादुगर बलराम सरकार गिरी, बेली डान्सर बन्दना विश्वकर्मा, दिलास डान्स ग्रुपका कलाकारहरुसँगै स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहेको आयोजक हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
सहकारीको आयोजनामा स्थानिय श्रोतको प्रर्वद्धन गरौं, देश विकासमा टेवा पुु¥याऔंं भन्ने मूल मर्मका साथ बुधबारदेखी कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो । स्थानिय कृषि उपजहरुलाई प्रर्वद्धन तथा बजारीकरणमा टेवा पु¥याउन र मनोरञ्जन र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजक संस्थाका सुरेश श्रेष्ठले बताउनुभयो ।
मेलाको बुधबार बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले उद्घाटन गर्नुभएको थियो । मंसिर १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव एक लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।