
असोज २२, धादिङ
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली प्रेस जगतलाइ प्रजातन्त्र र लोकतन्त्रको हित र रक्षाका निम्ती कलम चलाउन आग्रह गर्नुभएको छ । आज नेपाल प्रेस युनियन धादिङको आठौं जिल्ला अधिवेशन उद्घाटन तथा नेपाली काँगे्रस धादिङले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै महामन्त्री कोइरालाले नेपाल प्रेस युनियनको हित र रक्षाको लागी जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । स्वतन्त्र पे्रस जगतलाइ अङकुश लगाउने खालका नयाँ मुलुकि ऐन र फौजदारी संहिताको विषयमा आवाज उठाउन सम्पूर्ण प्रेस जगतलाइ अग्रह गर्नुभयो । नेपाली कांग्रेस र प्रेस स्वतन्त्रता एकै सिक्काका दुई पाटा भएकाले प्रेस स्वतन्त्रताको लागि आवश्यक सबै किसिमको सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको पनि उहाँले बताउनुभयो । अधिवेशन उद्घाटन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा पूर्व मन्त्री एज्ञ थापा, पूर्व राज्यमन्त्री दिलमान पाख्रिन लगायत केन्द्रिय तथा जिल्ला स्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । साथै नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्या ,उपाध्यक्षहरु बाला अधिकारी, रमेश पौडेल, इश्वरी ओझा महासचिव अजय सिवाकोटि ,पत्रकार महासंघका पूर्व अध्यक्ष एवंम वरिष्ठ पत्रकार धमेन्द्र झा,नवराज लम्साल लगायत अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वरिष्ट पत्रकार धमेन्द्र झालाइ दामन पाख्रिन पत्रकारीता पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यसै गरि पत्रकार डा.मुरारी अधिकारीलाइ पनि सम्मान गरिएको थियो । नेपाल प्रेस युनियन धादिङको आठौं जिल्ला अधिवेशनले नयाँ कार्यसमितिको चयन गर्नेछ ।

अधिवेशन उद्घाटन तथा शुभकामना आदान–प्रदान कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अब कांग्रेस सुध्रिने बताउनुभएको छ । नेपाली कांग्रेस नयाँ कार्यक्रम सहित अगाडि बढ्ने र नयाँ कांग्रेस बनाउने अभियानमा लागेको पनि उहाँले बताउनुभयो । साथै कांग्रेस पराजय हुनुको पछाढि गुटगत मानसिकता र आन्तरिक एकताको कमि र अविश्वास रहेको भन्दै सम्पूर्ण नेता कार्यकर्तालाइ गुटगत मानसिकता हटाई एकजुट भएर अघि बढ्न पनि आग्रह गर्नुभयो ।