
असोज २२, काठमाडौं
नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेविसंघको ११ औं महाधिवेशनबाट पारित ३२ वर्ष उमेर हदलाई कायम राख्ने निर्णय भएको छ । यो निर्णयसँगै नेविसंघको आगामि महाधिवेशनमा ३२ वर्ष कटेका युवा विद्यार्थी नेताहरु उम्मेदवार नै हुन नपाउने भएका छन् । आईतबार राति अबेर सकिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो ।
नेपाल विद्यार्थी संघको ३२ वर्षे उमेर हदलाई लिएर कांग्रेस केन्द्रीय कार्यसमितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ७ जनाले नोटअफ डिसेन्ट लेखेका छन् । नोटअफ डिसेन्ट लेख्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, नविन्द्रराज जोशी, प्रदिप पौडेल लगायतका नेताहरु रहेका छन् । नेविसंघको विधानको विषयमा निर्णय गर्दा प्रक्रिया पुरा नगरेको नेताहरुको भनाइ रहेको छ ।