२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेविसंघमा ३२ बर्षको उमेर हद, वरिष्ठ सहित सात नेताको नोटअफ डिसेन्ट

नेविसंघमा ३२ बर्षको उमेर हद, वरिष्ठ सहित सात नेताको नोटअफ डिसेन्ट

असोज २२, काठमाडौं
नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेविसंघको ११ औं महाधिवेशनबाट पारित ३२ वर्ष उमेर हदलाई कायम राख्ने निर्णय भएको छ । यो निर्णयसँगै नेविसंघको आगामि महाधिवेशनमा ३२ वर्ष कटेका युवा विद्यार्थी नेताहरु उम्मेदवार नै हुन नपाउने भएका छन् । आईतबार राति अबेर सकिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो ।

नेपाल विद्यार्थी संघको ३२ वर्षे उमेर हदलाई लिएर कांग्रेस केन्द्रीय कार्यसमितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ७ जनाले नोटअफ डिसेन्ट लेखेका छन् । नोटअफ डिसेन्ट लेख्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, नविन्द्रराज जोशी, प्रदिप पौडेल लगायतका नेताहरु रहेका छन् । नेविसंघको विधानको विषयमा निर्णय गर्दा प्रक्रिया पुरा नगरेको नेताहरुको भनाइ रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।