कात्तिक ४ ।
एएफसी १९ वर्षमुनिको महिलाच्याम्पियनसिप फुटबल छनोटको पहिलो खेलमा नेपालले थाइल्याण्डसंग प्रतिस्पर्धा गर्ने भएको छ । छनोटको समूहबीमा रहेको नेपालले पहिलो खेलमा आयोजक बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसंग खेल्ने भएको हो । नेपाल र थाइल्याण्डबीचको खेल अक्टोबर २४ तारिखमा चोनबुरीमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसंग अक्टोबर २६ माप्रतिस्पर्धा गर्र्नेछ भने छनोटको अन्तिम खेल पाकिस्तान संग २८ अक्टोबरमा खेल्नेछ । समूह विजेता टोलीले छनोटको दोस्रो चरणको छनोटमा स्थान बनाउनेछ ।
१९ वर्षमुनिको महिलाच्याम्पियनसिप फुटबल छनोटमा नेपालले थाइल्याण्डसंग प्रतिस्पर्धा गर्ने
लेखक
लेखकको सबै आर्टिकल
धादिङ अपडेट










