
कात्तिक ७, धादिङ ।
पृथ्वीलोकमार्ग अन्र्तरगत धादिङको थाक्रे गाउँपालकिा वडा नम्बर २ मा बुधबार साँझ बसले मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् ।
काठमाण्डौबाट गजुरीतर्फ आउदै गरेको ना ५६ ख ६५९० नम्बरकोे मोटरसाईकललाई सोही दिशाबाट आईरहेको लु १ ख ८८३७ नम्बरको बसले पछाडीबाट ठक्कर दिदा मोटरसाईकल चालक पोखराका ५८ वर्षिय फणिन्द्र बि.क. र मोटरसाईकलमा पछाडि सवार विकका ५५ वर्षिया श्रीमति ललिता बि.कघाईते हुनु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाईत दुवैजनालाई उपचारको लागि काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ । बस,बस चालक र मोटर साईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।
त्यस्तै बुधबारै दिउँसो साढे तिन बजे गजुरी गाउँपालिका वडा नम्बर २ मलेखुमा नारायणगढबाट काठमाणडौतर्फ जादै गरेको बा १६ च ३८३८ नम्बरको स्कारपियोले ठक्कर दिँदा एक पैदल यात्रि घाईते भएका छन् । गजुरी गाउँपालिका वडा नम्बर ५ बस्ने २४ वर्षिया गोमा भुजेललाई ठक्कर दिदा टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाईते भुजेलको राजमार्ग अस्पताल मलेखुमा उपचार भईरहेको छ ।