२०८३ कार्तिक १७, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पीपीएल क्रिकेटमा एक्स्पर्ट धनगढी र बुटवल विजयी

पीपीएल क्रिकेटमा एक्स्पर्ट धनगढी र बुटवल विजयी

कात्तिक ११ ।
पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको छ ।

पहिलो खेलमा धनगढी ब्लुजले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ४ बलमा १ सय ४ रन बनाउँदा अल आउट भएको हो । पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा १ सय ८२ रन बनाएको थियो ।

योसँगै विराटनगरले लगातार दोस्रो खेल हारेको छ भने धनगढीले पहिलो खेल जितेको छ । यस्तै आईतबारैै भएको अर्को खेलमा घरेलु टोली तथा शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनलाई ३३ रनले हराएर सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले लगातार दोस्रो जित निकालेको छ ।
यसअघि पहिलो खेलमा बुटवलले चितवन राइनोजलाई हराएको थियो । जितसंगै शीर्ष स्थानमा रहेको बुटवलले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा विराटनगर टाईटन्सलाई हराएको पोखराको यो पहिलो हार हो । पोखराको २ अंक छ । पोखरा रंगशालामा बुटवलले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको पोखराले पुरै २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन मात्र जोड्न सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १५० रन जोडेको थियो । प्रतियोगिता अन्तर्गत सोमबार विराटनगर र काठमाडौँ तथा चितवन र पोखराबीच खेल हुनेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।