२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै

राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै

कात्तिक १५ ।
कतारको भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै हुनुहुन्छ ।

१२ गते कतार भ्रमणका लागि जानु भएका राष्ट्रपति विहिबार दिउँसो फर्किने कार्यक्रम रहेको छ । कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जानु भएको थियो । राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल–कतारबीच कृषि तथा पशुपंक्षी, स्वास्थ्य, सुरक्षा, प्रेस तथा सूचना र कुटनीतिक राहदानी सम्बन्धि छुट्टाछुट्टै समझदारी पत्रमा पनि हस्ताक्षर गर्नु भएको छ ।

नेपाली कामदारलाई फाइदा पुग्ने गरि यसअघि भएको श्रम सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।