२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

वाइडबडी खरिदको छानबिन गर्न उपसमिति गठन

वाइडबडी खरिदको छानबिन गर्न उपसमिति गठन

मंसिर २६ ।
संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति गठन गरेको छ ।

समितिको बुधबार बसेको बैठकले नेपाली कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमितिमा सांसद कृष्णलाल महर्जन, चन्दा चौधरी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा सदस्य छन् । उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

यसअघि वाइडबडी खरिदबारे छानबिन गर्न संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा अनियमितता भएको आशंकामा संसदीय समितिले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारसँग पनि छलफल गरिसकेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।