२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एसिया कप ह्विल चियर टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज

एसिया कप ह्विल चियर टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज

जेठ ३ ।
एसिया कप ह्विल चियर टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्ने भएका छन् ।

खेल किर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यसअघि हिजो भएको अन्तिम लिग खेलमा भारतले बंगलादेशलाई ३० रनले पराजित गरेपछि फाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो । बंगलादेशलाई पराजित गरेसँगै भारत समूहको शीर्ष स्थानमा रहँदै फाइनल पुग्यो ।

अपराजित भारतले ६ अङ्क जोडेको छ । पाकिस्तानले दोस्रो स्थान रहेर भारतसँगको भेट पक्का गरेको हो । पाकिस्तानले ४ अङ्क जोडेको छ । २ अङ्क जोडेको बंगलादेश र अङ्कविहीन नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।