२०८३ कार्तिक १७, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नवनियुक्त बेलायती प्रधानमन्त्रीद्धारा मन्त्रीमण्डल गठन

नवनियुक्त बेलायती प्रधानमन्त्रीद्धारा मन्त्रीमण्डल गठन

साउन ९ ।
नवनियुक्त बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ब्रेक्जिट पक्षधर नेताहरुलाई सामेल गरेर नयाँ मन्त्रीमण्डल गठन गर्नुभएको छ । उहाँले ब्रेक्जिटको पक्षमा कडा रुपमा उभिएका नेताहरुलाई मन्त्रीमण्डलको महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ ।

भारती मूलकी प्रिती पटेललाई गृहमन्त्री र पाकिस्तानी मूलका साजिद जाविदलाई वित्त मन्त्री बनाइएको छ । त्यसैगरी डोमेनिक राव परराष्ट्र एवं विदेश सचिवमा नियुक्त हुनुभएको छ । मन्त्रीमण्डल गठन गर्नुअघि बकिङघम दरबारमा महारानी एलिजावेथ द्वितीयालाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिंग स्ट्रिटमा फर्किएर जोनसनले देशवासीका नाममा सम्बोधन गर्नुभएको थियो ।

उहाँले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रीत बनाउने उल्लेख गर्नुभयो । प्रधानमन्त्री जोन्सनले आगामी ३१ अक्टोबरभित्र यूके युरोपेली संघबाट अलग भइसक्नेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।