
साउन ९,धादिङ ।
यहि साउन १८ गते अर्थात (३ अगष्ट,२०१९) देखि वेष्ट इन्डिज र भारतबीच (टी ट्वान्टी, वान डे र टेस्ट) तीनवटा फम्र्याटमा क्रिकेट सिरिज हुने भएको छ । सिरिजको लागि भारतीय क्रिकेट टिमको छनौट भइसकेको छ । टिम छनौटसँगै भारतीय क्रिकेटमा विवाद पनि देखा परेको छ । भारतीय टिमको छनौटकर्ताले राम्रो खेलाडिलाइ छनौट नगरिएको भनि टिका, टिप्पणि भइरहेको छ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुलिले भारतीय क्रिकेट टिमको छनोट कर्ताले हरेक फर्ममा खेल्न सक्ने र खेलिरहेका खेलाडिलाइ छनोट नगरिएको भनि कडा टिप्पणी गरेको छ । साथै टिम छनोट भनेको सबैलाइ खुशि पार्न भन्दा पनि देशका लागि राम्रो खेलाडि चुन्ने विषय भएको जनाएको छ । एकदिवसिय क्रिकेट टिममा अजिंक्या रहाने र शुभमन गिल जस्ता खेलाडिहरु टिममा नपर्नु दुर्भाग्य रहेको पनि भारतीय क्रिकेटसँग आवद्ध धेरै विश्लेषकहरुले प्रश्न गरेका छन् ।