२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

फिलिपिन्ससँग खेल्ने टोलीमा जगजित र अनिलको पुनरागमन

फिलिपिन्ससँग खेल्ने टोलीमा जगजित र अनिलको पुनरागमन

कात्तिक २७,काठमाण्डौं।

एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्ससँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार फिलिपिन्सविरुद्ध मैदान उत्रने २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपालले फिलिपिन्ससँग मंगलबार घरेलु मैदानमा दोस्रो लिग खेल खेल्दैछ । नेपाल र फिलिपिन्सबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार अपराह्न हुनेछ । फिलिपिन्सको राजधानी मनिलामा भएको पहिलो लिग खेलमा नेपाल ४–१ ले पराजित भएको थियो ।

फिलिपिन्ससँगको खेलका लागि नेपाली टोलीमा दुई खेलाडीले पुनरागमन गरेका छन् । दुई वर्षबाट टोलीमा नरहेका मिडफिल्डर जगजीत श्रेष्ठ नेपाली टोलीमा परेका छन् । जगजीत अष्ट्रेलियामा रहँदै आएका थिए । तर, उनी गत हप्ता नेपाल फर्किएका थिए ।

त्यस्तै, पछिल्लो खेलमा टोलीमा नरहेका स्ट्राइकर अनिल गुरुङले टोलीमा पुनरागमन गरेका छन् । ५० औं क्याप नजिक रहेका अनिलले मंगलबार नेपालको जर्सीमा मैदान उत्रँदै सन्यास लिनेछन् । मंगलबार अनिलको ५० औं क्याप पुग्नेछ ।

छनोटको समूह एफमा रहेको नेपाल ४ खेलबाट १ खेलमा बराबरी र तीन खेलमा पराजित हुँदै १ अंकसहित तालिकामा पुछारमा रहेको छ । फिलिपिन्स समूहको शीर्ष स्थानमा रहेको छ । फिलिपिन्सको ४ खेलबाट २ खेलमा जित र दुई खेलमा बराबरी खेल्दै ८ अंक बनाएको छ । त्यस्तै, दोस्रो स्थानमा यमन रहेको छ । यमनको ४ खेलबाट एक खेलमा जित र ३ खेलमा बराबरी खेल्दै ६ अंक छ । तेस्रो स्थानमा रहेको ताजिकिस्तानको ४ खेलबाट २ खेलमा जित र २ खेलमा हारसहित ६ अंक रहेको छ ।

फिलिपिन्सपछि नेपालले यमनसँग अवे खेल खेल्न बाँकी छ । समूहको विजेता र उपविजेताले सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपमा भाग लिन पाउनेछन् । एएफसी एसियन कप छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो । ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाललाई मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको हैसियतमा छनोटमा सहभागिता गराएको हो ।

नेपाली टोली

किरण लिम्बु
विकेश कुथु
विशाल श्रेष्ठ
विराज महर्जन
अनन्त तामाङ
रोहित चन्द
कमल श्रेष्ठ
दिनेश राजवंशी
जितेन्द्र कार्की
राजेन्द्र रावल
सुजल श्रेष्ठ
विशाल राई
विक्रम तामाङ
जगजीत श्रेष्ठ
सुनिल बल
अन्जन बिष्ट
हेमन गुरुङ्ग
हेमन्त थापा मगर
अनिल गुरुङ्ग
विमल घर्तिमगर
जर्ज प्रिन्स कार्की
नवयुग श्रेष्ठ
भरत खवास

पुनरागमन दुईखेलाडी भरत खवास र अनिल गुरुङ (फाईल तस्विर)

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।