विश्वकै धनि तथा सर्वाधिक चर्चित इन्डिएन प्रिमियर लिग टि-२० ( आईपिएल ) को १३ औं संस्करण शनिवार युएईमा सुरु हुँदैछ। ८ टिम सहभागी हुने प्रतियोगिता नोभेम्बर १० सम्म चल्नेछ। प्रतियोगिताबारे सम्पूर्ण जानकारी एकै ठाउँमा –
सुरु हुने मिति : सेप्टेम्बर १९ , फाइनल : नोभेम्बर १० , कुल खेल : ६० ,
सहभागी टिमहरु : मुम्बई इन्डीएन्स, चेन्नाई सुपर किंग्स, राजस्थान रोयल्स, दिल्ली क्यापीटल्स, रोयल च्यालेन्जर्स बैंगलोर, सनराइजर्स हैदरावाद, कोलकाता नाइट राइडर्स, किंग्स-११ पन्जाब
कुन टिमको कप्तानी कसले गर्नेछन् ? – मुम्बई ( रोहित शर्मा ) , चेन्नाई ( महेन्द्र सिंह धोनी ) , राजस्थान ( स्टिभ स्मिथ ) , दिल्ली ( श्रेयस ऐयर ) , बैंगलोर ( बिराट कोहली ) , हैदरावाद ( डेभिड वार्नर ) , कोलकाता ( दिनेश कार्तिक ) , पन्जाब – ( केएल राहुल )
उद्घाटन खेलमा को-को खेल्नेछन् र कति बजे सुरु हुने छ ? उद्घाटन खेल मुम्बई इन्डीएन्स र चेन्नाई सुपर किंग्स बीच खेलिनेछ। खेल नेपाली समय ७:४५ बजे सुरु हुनेछ।
लाइभ कहाँ हेर्ने ? प्रतियोगिताको प्रत्यक्ष प्रशारण स्टारस्पोर्ट्सले गर्नेछ। अनलाइनमा हटस्टारले गर्नेछ। युट्युब र फेसबुकमा प्रत्यक्ष प्रशारण हुनेछैन।
खेल हुने मैदानहरु : दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम ( दुबई ) , शेख जायद स्टेडियम ( अबु धाबी ) , शारजाह क्रिकेट स्टेडियम ( शारजाह ) २४ खेल दुबईमा, २० खेल अबुधाबीमा तथा १२ खेल शारजाहमा खेलिनेछ। प्ले-अफ र फाइनल खेल कहाँ हुनेछ घोषणा गरिएको छैन।
#wicketnepal











