२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आईपीएल टि-२० : दिल्ली र किंग्स-११ पन्जाब खेल्दै, सन्दीप खेल्ने संभावना बढि

आईपीएल टि-२० : दिल्ली र किंग्स-११ पन्जाब खेल्दै, सन्दीप खेल्ने संभावना बढि

आईपीएल टि-२० अन्तर्गत दोश्रो खेलमा नेपाली स्पिनर सन्दिप लामिछाने सम्मिलित टिम श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्सले केएल राहुल कप्तानीको किंग्स-११ पन्जाब बिरुद्ध पहिलो खेल खेल्दैछ। पहिलो खेलमा शनिवार राति डिफेन्डिङ च्याम्पियन मुम्बईलाई चेन्नाईले ५ विकेटले पराजित गर्यो।

युएईको दुबई स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय राति ७:४५ बजे सुरु हुनेछ।

लिगको उपाधि हालसम्म जित्न नसकेको दिल्ली र पन्जाब यो सिजन पहिलो उपाधि जित्ने लक्ष्य सहित सुरुवाती खेल जित्दै लय प्राप्त गर्न चाहन्छ। गत सिजन दिल्ली दोश्रो क्वालीफायरमा चेन्नाईसंग पराजित भएको थियो। पन्जाब भने लिग चरणमा छैठौं स्थानमा रहेपछि प्लेअफ पुग्न असफल रहेको थियो।

लिग अन्तर्गत गत सिजन दिल्लीले पन्जाबलाई १ खेलमा पराजित गरेको थियो भने १ खेलमा पराजित भएको थियो। अन्तिम-५ खेलमा दिल्लीलाई पन्जाबले ४ खेलमा पराजित गरेको छ।

नेपालका सन्दीप लामिछानेले आईतबार पञ्जाव सँगको खेल खेल्ने संभावना बढि रहेको छ । मंगलबार युएई पुगेका सन्दिपको सबै ३ वटा कोरोना टेस्ट नेगेटिभ आएको छ जसपछि उनि शनिवार टिमसंग अभ्यासमा पुगेका थिए। सन्दीप आईतबार खेल्नको लागि उपलब्ध रहेका छन्।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।