२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

क्रिकेट खेलाडी ललित सिंह भण्डारीको स्वास्थ्यमा सुधार

क्रिकेट खेलाडी ललित सिंह भण्डारीको स्वास्थ्यमा सुधार

सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको स्वास्थ्यमा सुधार आएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका ललितको स्वास्थ्यमा सुधार आएपछि उनलाई अति सघन उपचार कक्ष आईसियुबाट आइतबार सामान्य वार्डमा सारिएको छ ।

ललितको उपचारमा सक्रिय क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले उनलाई आईसियुबाट केबिनमा सारिएको जानकारी गराएको छ । गत आईतबार राति धनगढीबाट महेन्द्रनगर जादै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटर साईकल दुर्घटनामा परेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।