किङ्स इलाभेन पन्जाबले युएईमाजारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जितनिकालेको छ ।
गयरातिभएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजितगर्दै पन्जाबले पहिलो जितनिकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमापन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । पन्जाबकालागिकप्तान केएल राहुलले अविजित रहँदै १ सय ३२ रनको शतकीयइनिङ्स खेल्नुभयो ।
राहुल, यस सिजनको आईपीएलमाशतकबनाउने पहिलो खेलाडी बन्नुभएको छ । जितसँगै पन्जाबले २ खेलमा २ अंकजोडेको छ । नेट रनरेटको आधारमा, पन्जाबतालिकाको शीर्ष स्थानमा रहेको छ ।बैंगलोरभने २ खेलमा २ अंकसहित छैटौं स्थानमा रहेको छ । शुक्रबार चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्स्बीच प्रतिस्पर्धा हुनेछ ।











