
एकिकृत सामुदायिक विकास अभियान ( ICDC) नेपालको २३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन सकिएको छ ।
परशुराम दुवाडीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभा एवम् आठौं अधिवेशनले अध्यक्षमा पदमा सर्वसम्मत रुपमा गोपाल लम्साल चयन हुनुभएको छ ।
त्यस्तै गरि उपाध्यक्षमा मोदनाथ कोइराला (प्रदिप),सचिवमा शालिकराम दुवाडी,सहसचिवमा पम्फा मगराती र कोसाध्यक्षमा गोपाल गुरुङ चयन हुनुभएको छ। कार्यसमितिको सदस्यहरुमा बलराम लम्साल,कविता छत्कुली,सितादेवी खनाल र केशव नेपाल रहनुभएको छ ।
