२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रियल बेटिसमाथी बार्सिलोनाको जीत

रियल बेटिसमाथी बार्सिलोनाको जीत

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना विजयी भएको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल, ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक एक गोल गर्नुभयो ।

बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक एक गोल फर्काउनुभएको थियो । जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा समेत उक्लिएको छ ।बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।