अखिल नेपाल फुटबल संघ (एन्फा) एवं धादिङ जिल्ला फुटबल संघको सहयोगमा र द यिअर्ली ट्रष्ट, चक्रदेवी सामुदायिक समाज, नेपाल सिद्धलेक २ (नलाङ) को आयोजनामा एन्फा फुटबल रेफ्री तालिम नलाङ मोडेल एकेडेमी धादिङमा सम्पन्न भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडा, एन्फा रेफ्री संयोजक गोकुल थापा को विशिष्ट आतिथ्यतामा र अन्य अतिथिहरुमा युवा नेता अर्जुन तिमल्सेना, सिद्धलेक गाउँपालिका वडा नंं २ र ४ का वडा अध्यक्ष कमल ब. गुरुङ, सिद्धलेक गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद संयोजक एवं वडा नंं ४ रामहरी बराकोटी एव एन्फा उपाध्यक्ष कृष्ण थापा, एन्फा सदस्य प्रदेश सिंह राठोर, एन्फा सदस्य रुपेश अधिकारी, एन्फा लिग कमिटि संयोजक रमेश रायामाझी, रोजन श्रेष्ठ, लभ क्षेत्री, मधुसुदन खनाल, बिरेन्द्र पाण्डे लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा र चक्रदेवी सामुदायिक समाज नेपालका संरक्षक झंक ब. सिलवालको सभापतित्व मापन कार्यक्रम सम्पन्न भएको छ ।

७ दिनसम्म संचालन भएको यस एन्फा रेफ्री कोर्ष तालिममा चितवन, नवलपरासी, गोर्खा, मोरङ र धादिङ जिल्लाका ५ जना महिला सहित ३१ जना प्रशिक्षार्थीहरुको सहभागिता थियो । गोकुल थापा, रोजन श्रेष्ठ, लभ क्षेत्री, मधुसुदन खनाल, बिरेन्द्र पाण्डे लगाएतका प्रशिक्षकहरुले तालिमलाई व्यावस्थापन र संचालन गर्नु भएको थियो जसमा १५ जना प्रशिक्षार्थीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा एन्फा व्याज वितरण गर्नु भएको थियो । साथै सर्वोत्कृष्ट प्रशिक्षार्थीको रुपमा गणेश तामाङलाई फुटवल र खेलकुद सामग्रीद्वारा प्रशिक्षक लब क्षेत्रीले सम्मान गर्नु भएको थियो ।

फुटबल खेलकुदलाई मर्यादित एवं सुधार गर्न र स्थानीय फुटबल खेलप्रेमीहरुलाई व्यावसायिक एवं दक्ष बनाउदै लैजानको लागी उक्त तालिम संचालन गरिएको नलाङ मोडेल एकेडेमीका प्रिन्सिपल बलराम सिलवालले बताउनु भएको छ । प्रमुख अतिथि श्री कर्मा छिरिञ शेर्पाले आगामी दिनमा समेत फुटबल खेलकुदमा सम्लग्न सबै तह र तप्काका व्याक्तित्वहरु र समितिहरुको क्षमता अभिबृद्धि गरि व्यावसायिक बनाउन एन्फा लागि परेको बताउनु भयो । आगामी दिनहरुमा एन्फाका बिभिन्न गतिविधीहरु ग्रामिण स्तरमा पुरयाउने अनि ग्रासरुट स्तरका खेलकुद गतिबिधिहरु एवं ६ देखी १२ उमेर समुहका फुटबल खेलकुद संचालन गरी नया खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको कुरा बताउनु भयो जसको लागि आवश्यकताका आधारमा खेलमैदानको लागि एन्फाले योगदान गर्नेकुरा समेत बताउनु भयो ।

त्यसै गरि धादिङ जिल्लाको फुटबल खेलकुदको बिकास र प्रबर्धनको लागि सबै प्रयासहरु कार्यन्वयनमा ल्याउने कुरामा धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाले बताउनु भएको छ । साथै सिद्धलेक गा. पा. वडा नं. २ का वडा अध्यक्ष कमल ब. गुरुञ एवं सिद्धलेक गा. पा. वडा नं. ४ का वडा अध्यक्ष एवं , सिद्धलेक गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद संयोजक रामहरी बराकोटी, ने. क. पा. का युवा नेता युवा नेता अर्जुन तिमल्सेना लगाएतका विशिष्ट व्यक्तित्वहरुले शुभकामना व्यक्त गर्नु भएको थियो ।

 

Facebook Comments