८ चैत्र, २०७७
जातिवाद विरुद्ध युवा,जातिय हिंसा र छुवाछुत विरुद्ध – हामी भन्ने मुल नारा सहित ५६ औ अन्र्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस आज देशभर विविध जनचेतनामूलक कार्यक्रम सहित मनाएको छ । धादिङको सदरमुकाम धादिबेसीमा पनि आज ¥यालि सहित अन्र्तकृया कायक्रम गरी दिवस मनाएको छ । गैह्र सरकारी महासंघ धादिङको आयोजना तथा नेपाल दलित मुक्ति मोर्चा, नेपाल दलित संघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज र अन्य गैह्र सरकारी संस्थाहरुको सहयोगमा कार्यक्रम आयोजना गरेको थियो । गैह्र सरकारी महासंघ धादिङका अध्यक्ष एकराज छत्कुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जग्गनाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख विन्दा बराम, नीलकण्ठ नगरपालिकाका उप–प्रमुख मनराज भण्डारी, जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकिय अधिकृत विष्णु सहानी, विभिन्न राजनैतिक दलका नेता तथा प्रतिनिधि ,सरकारी तथा गैह्र सरकारी संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका साथै दलित समुदायका नेता तथा अगुवाहरुको सहभागीता रहेको थियो । अन्र्तकृया कार्यक्रममा दलित समुदायका अगुवा तथा दलित उत्थान तथा पैरवी मञ्चका जिल्ला अध्यक्ष राम नेपालीले नेपालमा जातिय विभेदको वर्तमान अवस्था र यसको प्रभावको विषमा आफ्नो पस्तुति राख्नुभएको थियो । साथै कार्यक्रममा सहभागीहरुले पनि आ–आफ्नो विचारहरु राखेका थिए ।



२१ मार्चसँग सम्वन्धित :
अफ्रिकी मुलुकका बहुसंख्यक अश्वेत(काला)हरू माथि गोराहरूले रंगका आधारमा विभेदको नीति अपनाए । सन् १९६०को दशकमा ल्याटिन अमेरिकी मुलुकमा समाजवादी र जनवादी आन्दोलनको लहर चल्यो । सन् १९५८ मा दक्षिण अफ्रिकाका गोरा शासकले कालाहरूलाई ‘पास ल’ अर्थात रङ्गभेदी कानुन लागू गरे । काला भएकै कारण आफ्नै देशमा पास लिनुपर्ने कानुनका विरुद्ध अश्वेत जनता शान्तिपूर्ण आन्दोलनमा उत्रिए । विरोधमा उत्रिएका मानिसहरुलाइ तत्कालिन सरकारले हिंसात्मक दमन गरी ६९ जनालाइ गोली हानी हत्या भयो भने कयौँ घाइते भएको थियो । गोराहरूको क्रुर दमनकारी कार्यको राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा विरोध भयो । विश्वका न्यायप्रेमी देश र अधिकारकर्मीको दबाबको फलस्वरूप सन् १९६० अप्रिल ७ मा श्वेत शासक विभेदकारी ‘पास ल’हटाउन बाध्य भयो । संयुक्त राष्ट्रसंघीय महासभाले सन् १९६५ मा ‘सबै किसिमका जातीय भेदभाव उन्मूलन अन्तर्राष्ट्रिय महासन्धि १९६५ लाई पारित गर्यो । सन् १९६६ मा एक प्रस्ताव पारित गरी २१ मार्च अर्थात अफ्रिकी अश्वेत नागरिकलाई हत्या गरिएको दिनलाई अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको रूपमा मनाउन विश्वभरलाई आव्हान गरेको थियो । त्यस पश्चात सन् १९६७ देखि विश्वका अधिकांश मुलुकहरूमा २१ मार्चलाई ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको’ रूपमा मनाउन थालियो ।
नेपालमा २१ मार्चको सुरुवातः
नेपालमा भने सन् २००१ अर्थात विसं.२०५७ सालदेखि ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’मनाउन थालिएको हो । नेपालले सन् १९७१ मा ‘सबै किसिमका जातीय भेदभाव उन्मूलन अन्तर्राष्ट्रिय महासन्धि १९६५ लाई सदस्य राष्ट्रको हैसियतमा हस्ताक्षर गरी अनुमोदन गरेको थियो । विभिन्न समयमा राज्यको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिनिधि मण्डलले नेपालको जातीय विभेदको अवस्थाको रिपोर्ट बुझाउने गरेको छ ।