१७ बैशाख, धादिङ
ईजरायलमा भागदौडमा परि करिब ४४ जनाको मृत्यु भएको छ । उत्तरी ईजरायलस्थित माउन्ट मेरोनको फेदीमा हासिडिक यहुदी पर्व मनाइरहेको समयमा भागदौड हुँदा तिनीहरुको मृत्यु भएको हो । उक्त पर्व मनाउन दशौ हजार मानिसहरु भेला भएको थियो । धेरै भिडभाड भएकाले उद्धार र उपचार कार्यमा कठिनाइ भएको त्याहाका आपत्कालीन सेवा प्रदायकहरूले जनाएका छन् । साथै मृतकको संख्या अझै बढ्न सक्ने अन्र्तराष्ट्रिय संचार माध्यमहरुले जनाएको छ । प्रत्येक वर्ष ईजरायली हासिडिक यहुदीहरुले यो पर्व मनाउने गर्दछन् ।

Facebook Comments