धादिङमा शनिबार १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा गजुरी गाउपालिकाका ४, थाक्रे गाउपालिकाका ६ र गल्छी गाउपालिकाका ७ गरेर जिल्ला भित्र १५ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै शनिबार कोरोना निको भएर ९ जना घर फर्किएका छन् ।

जिल्ला भित्रको सक्रिय केश ४४० र जिल्ला बाहिरको सक्रिय केश १७९ गरेर धादिङ्ग जिल्लाको जम्मा सक्रिय केश ६१९ पुगेको छ । शनिबार गंगाजमुना गाउपालिकामा ५, थाक्रे गाउपालिकामा ७ र रुभिभ्याली गाउपालिकामा ३६ गरेर जिल्लामा ४८ स्वाब संकलन भएको स्वास्थ्य कार्यालय धादिङका सिआईसिटि सहजकर्ता उन्नती महर्जनले जानकारी दिनुभयो ।

देशभर थप ८ हजार ४१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि,५३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रबार नेपालमा ९ हजार १ सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ५० जनाको मृत्यु भएको थियो । आज १७ हजार ३ सय १५ जनाको पीसीआर विधि र ९ सय ८९ जनाको एन्टिजेन विधिबाट परीक्षण सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।

हाल सम्म कोरोनाका कारण ३ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ । शनिबारसम्म देशभर सक्रिय सङ्क्रमित ८३ हजार ४ सय ९३ जना पुगेका छन् ।

Facebook Comments