२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा थप २२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी, एक जनाको मृत्यु, २२ जना निको भए

धादिङमा थप २२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी, एक जनाको मृत्यु, २२ जना निको भए

धादिङमा शुक्रबार थप २२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण पुष्टी हुनेमा गल्छी गाउपालिकाका ५, गजुरी गाउपालिकाका ७ र थाक्रे गाउपालिकाका १० गरेर २२ जनामा कोरोना भाईरस पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङले जनाएका छ ।

यस्तै शुक्रबार २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्ला भित्रको सक्रिय केश ६९३ र जिल्ला बाहिरको सक्रिय केश २२९ गरेर धादिङ्गमा सक्रिय केश ९ सय २२ पुगेको स्वास्थ्य कार्यालय धादिङका सिआईसिटि सहजकर्ता उन्नती महर्जनले जानकारी दिनुभयो ।

यस्तै शुक्रबार धुनिबेसी नगरपालिका वडा नम्बर ६ का ५१ बर्षीय पुरुषको मृत्यु भए संगै जिल्लाको मृत्यु संख्या २३ पुगेको छ । शुक्रबार ज्वालामुखी गाउँपालिकामा ५२ र धादिङ्ग हस्पिटलमा ७६ गरेर १ सय २८ स्वाब संकलन भएको छ ।

नेपालमा थप ८५२० जनामा कोरोना पुष्टी, २०३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार पाँच सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार नौ सय ४८ जनाको पीसीआर र पाँच सय ३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालका कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख २७ हजार ६ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार तीन सय ३६ छ । त्यस्तै कोरोना सङ्क्रमणबाट थप दुई सय तीन जनाको ज्यान गएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार ६ सय ६९ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।