धादिङमा शुक्रबार थप २२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण पुष्टी हुनेमा गल्छी गाउपालिकाका ५, गजुरी गाउपालिकाका ७ र थाक्रे गाउपालिकाका १० गरेर २२ जनामा कोरोना भाईरस पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङले जनाएका छ ।

यस्तै शुक्रबार २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्ला भित्रको सक्रिय केश ६९३ र जिल्ला बाहिरको सक्रिय केश २२९ गरेर धादिङ्गमा सक्रिय केश ९ सय २२ पुगेको स्वास्थ्य कार्यालय धादिङका सिआईसिटि सहजकर्ता उन्नती महर्जनले जानकारी दिनुभयो ।

यस्तै शुक्रबार धुनिबेसी नगरपालिका वडा नम्बर ६ का ५१ बर्षीय पुरुषको मृत्यु भए संगै जिल्लाको मृत्यु संख्या २३ पुगेको छ । शुक्रबार ज्वालामुखी गाउँपालिकामा ५२ र धादिङ्ग हस्पिटलमा ७६ गरेर १ सय २८ स्वाब संकलन भएको छ ।

नेपालमा थप ८५२० जनामा कोरोना पुष्टी, २०३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार पाँच सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार नौ सय ४८ जनाको पीसीआर र पाँच सय ३० जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालका कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख २७ हजार ६ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार तीन सय ३६ छ । त्यस्तै कोरोना सङ्क्रमणबाट थप दुई सय तीन जनाको ज्यान गएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार ६ सय ६९ पुगेको छ ।

Facebook Comments