धादिङका ९६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा धुनिबेसी नगरपालिकाका ७ जना, गल्छी गाउपालिकाका २६ जना, खानियाबास गाउपालिकाका १८ जना, बेनिघाट रोराङ्ग गाउपालिकाका ३ जना, त्रिपुरासुन्दरी गाउपालिका र सिद्धलेक गाउपालिकाका १/१ जना गरि जम्मा ५६ जना आईतबार जिल्ला भित्र पोजिटिभ केश देखिएको छ भने जिल्ला बाहिरको पोजिटिभ संख्या ४० रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
जिल्ला भित्र ७ सय ४२ जना र जिल्ला बाहिर २ सय सट्सठ्ठि जना सक्रिय संक्रमित रहेका छन् । योसगैँ जिल्लामा सक्रिय संक्रमीत को संख्या १ हजार ९ जना पुगेको छ । सक्रिय संक्रमीतमध्ये जिल्ला अस्पतालको आइसोलेसनमा २५ जना, संस्थागत आइसोलेसना गजुरीमा १० जना, धुनिबेसीमा १, बेनिघाट रोराङ्गमा ७, रुबिभ्यालीमा २ र त्रिपुरासुन्दरीमा ३ जना रहेका छन् ।
जिल्ला भित्र होम आइसोलेसनामा ६ सय ९४ रहेका छन । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १८ र होम आइसोलेसनमा २ सय ४९ रहेका छन । त्यसैगरी आईतबारनिलकण्ठ नगरपालिकामा १ सय २५ र धुनिबेसी नगरपालिकामा १३ गरी जम्मा १ सय ३८ स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।