२४ जेठ, धादिङ ।
दक्षिणी पाकिस्तानको सिन्ध प्रान्तमा दुई वटा यात्रुवाहक रेल ठोक्किदा ३० जनाको ज्यान गएको छ । भने दर्जनौँ यात्रुहरु घाइते भएका छन् ।
सोमबार बिहानै कराँचीबाट आइरहेको मिल्लत एक्सप्रेस रेल लिकबाट बाहिरिएको थियो । लगत्तै रावलपिण्डीबाट आइरहेको सर सैयद एक्सप्रेस रेल त्यसमा ठोक्किएर पल्टिएको थियो । दुर्घटनाको उद्धारमा खटिएका अधिकारी टोलीहरूले घाइतेहरूलाई नजिकैको अस्पताल लगेका छन् ।
अधिकांश घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ । त्यहाका स्थानीय एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा आठ वटा डिब्बा ध्वस्त भएको र त्यसमा फसेका यात्रुलाई निकाल्न कठिनाइ भएको बताइएको छ ।

खासगरी पाकिस्तानमा धेरैजसो रेल दुर्घटना, रेल लिकबाट बाहिरिँदा तथा रेलवे क्रसिङ्मा रेल जुध्दा हुने गर्छ । त्यहाँ मध्यम वर्गीय तथा न्यून आय भएका मानिसहरूका निम्ति यात्राको सबैभन्दा सजिलो माध्यम रेल रहेको छ । पाकिस्तानमा रेलमार्ग देशभरि नै फैलिएको छ । तर रेलका डिब्बा धेरैजसो खचाखच भरिएका हुन्छन् र कतिपय रेल पुरानो र खराब अवस्थामा हुन्छन् ।
अधिकारीहरूका अनुसार पाकिस्तानमा रेल दुर्घटना हुनुको तीन मुख्य कारण मर्मत सम्भारको अभाव, सिग्नलको समस्या तथा पुराना इन्जिन र बढि यात्रु भएको हुँदा रेल दुर्घटनामा हताहतको संख्या धेरै हुने गरेको छ । यो समाचार विविसिमा प्रकाशन गरिएको छ ।