धादिङमा शुक्रबार थप १ सय २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमण पुष्टी हुनेमा निलकण्ठ नगरपालिकामा १, धुनिबेसिमा २, गजुरी गाउँपालिकामा ३, गंगाजमुनामा १४, गल्छीमा ५, ज्वालामुखीमा १, त्रिपुरासुन्दरीमा १०, रुबिभ्यालिमा १, धादिङ्ग हस्पिटलमा ७७ र जिल्ला बाहिर १४ जना गरि मा कोरोना संक्रमण पुष्टी भएको हो ।

यो सँगै धादिङ जिल्ला भित्र ८२० र जिल्ला बाहिर ९२ गरेर धादिंङको सक्रिय संक्रमितको संख्या ९ सय १२ पुगेको छ यस्तै शुक्रबार १ सय ४ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १८, संस्थागत आइसोलेसनमा ३४ र होम आइसोलेसनमा ७ सय ६८ रहेका छन् ।

त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २३ र होम आइसोलेसनमा ६९ रहेका छन् । निलकण्ठमा ८७ र सिद्धलेकमा १८ गरेर १०५ स्वाब संकलन भएको छ ।

 

Facebook Comments