धादिङमा आइतबार थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

संक्रमण पुष्टि हुनेमा सिद्धलेक गाउपालिकाका १२ जना, गंगाजमुना गाउपालिका, गल्छी गाउपालिका रुबिभ्यालि गाउपालिकाका ४/४ जना, थाक्रे गाउपालिकाका २ जना, धुनिबेसी नगरपालिका र त्रिपुरासुन्दरी गाउपालिकाका १÷१ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

आईतबार एन्टीजेन परिक्षण गरीएका ६७ जनामध्ये १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसगैँ जिल्ला भित्र ६ सय ३० र जिल्ला बाहिर ८१ गरी जिल्लाको सक्रिय संक्रमितको संख्या ७ सय ११ पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा २५ र होम आइसोलेसनमा ५ सय ९२ रहेका छन् ।

त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २४ र होम आइसोलेसनमा ५७ रहेका छन् । आईतबार३२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । त्यस्तै निलकण्ठ नगरपालिकामा आज ४२ जनाको स्वाब संकलन गरीएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

Facebook Comments