२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा १५ प्रतिशत रोपाई सम्पन्न

धादिङमा अहिले सम्म १५ प्रतिशत धान रोपाई सकिएको छ ।

चैते धान र मकै नपाकेका कारण ८५ प्रतिशत धान रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र धादिङका प्रमुख झलकनाथ कंडेलले जानकारी दिनुभयो । विगतका वर्षहरुमा भन्दा यो वर्ष मध्ये असार सम्म आईपुग्दा धान रोपाई धेरै भएको प्रमुख कंडेलले बताउनुभयो ।

धादिङको निलकण्ठ, धुनिवेशीं नगरपालिका, त्रिपुरासुन्दरी, नेत्रावती, वेनिघाट रोराङ, गजुरी, थांक्रे, गल्छी लगायतका क्षेत्रहरुमा बर्खे धानको खेती हुँदै आएको छ ।

धादिङमा १३ हजार ६ सय हेक्टर क्षेत्रफलमा ३४ हजार मेट्रिकटन बर्खे धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र धादिङको तथ्याङ्क रहेको कडेलले बताउनुभयो ।

धादिङमा उन्नत जातका सावित्री, मकवानपुरे १, सुख्खा १, २, ३ , खुमल ४, ७, ६ लगायतका धान रोपिंदै आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।