मालपोत कार्यालय धादिङले बार अनुसार सेवा प्रवाह गर्ने भएको छ ।

मंगलबार एक सूचना जारी गर्दै भोली बुधबारदेखी १३ ओटा स्थानिय तहका सेवाग्राहीहरुलाई बार अनुसार सेवा प्रवाह गर्ने जनाएको हो । कोभिड १९ को नयाँ भेरिएन्टको संक्रमण फैलिन नदिन अनियन्त्रित भिडभाडलाई नियन्त्रण गरि सुरक्षीत रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले बार अनुसार सेवा प्रवाह गर्न लागेको मालपोत कार्यालयले जनाएको छ।

कार्यालयले भोगोलिक हिसाबले टाढा रहेको उत्तरी क्षेत्रका रुविभ्याली, खनियावास, नेत्रावती डबजोङ र गंगाजमुना गाउँपालिकाका नागरिकहरुलाई सबै दिन सेवा प्रवाह गर्ने जनाएको छ । भने अन्य नगरपालिका तथा गाउँपालिकाका सेवाग्राहीलाई बार अनुसार सेवा प्रवाह गरिने सूचनामा उल्लेख छ ।

कार्यालयले आईतबार निलकण्ठ नगरपालिका, सोमबार धुनिवेशी नगरपालिका, मंगलबार ज्वालामुखी र सिद्धलेक गाउँपालिकालाई सेवा प्रवाह गर्ने भएको छ । यस्तैबुधबार बेनिघाट रोराङ र गजुरी गाउँपालिका, विहिबार थाँक्रे र गल्छी गाउँपालिका र शुक्रबार त्रिपुरासुन्दरी गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गरिने जनाएको छ ।

यस्तै कार्यालयले लेखापढी व्यवसायी र भूसेवा केन्द्रबाट लिखित रुपमा अनुरोध भएका कामसँग सम्बन्धित सेवाग्राहीलाई मात्र कार्यालय हाता भित्र प्रवेश गराईने पनि सूचनामा भनिएको छ । साथै सम्बन्धीते पालोको कामकाज कुनै कारणवश रोकिएमा उक्त कार्य अर्काे हप्ताको पालोमा मात्र गरिने पनि सूचनामा उल्लेख गरेको छ ।

Facebook Comments