राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारबाट औपचारिक रूपमा बिजुली उत्पादन गर्ने भएको छ । कुल ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागिएको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार सोमबार प्रधानमन्त्री केपीशर्मा ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । आयोजनाको पहिलो युनिटको क्षमता७ ६ मेगावाट रहेको छ । आयोजनाले आईतबार मात्रै विद्युतगृह रहेको गोंगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २ सय २० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ भने अस्ति ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशन बीचको लाइन चार्ज गरिएको थियो ।
आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोंगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर र त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । नेपाली नागरिकले १० वर्षदेखि देखेको सपना आज पूरा हुन लागेको उहाँले प्रतिक्रिया दिनुभयो ।
स्वदेशीलगानीमा नै हालसम्मकै ठूलो आयोजना५ वर्षमा सक्ने भिनएपनि ११ वर्षमा पूरा भएको हो । यहीअसार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादनगर्ने तयारी गरिएको छ । आयोजनाको सुरुआती लागत ३५ अर्ब रहेको भएपनि अमेरिकी डलरको मूल्यमा आएको उतार चढाब, ब्याजलगायतका कारण लागतभने बढेर झण्डै ८० अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ ।











