
पछिल्लो समय धादिङमा कोरोना भाइरस संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या बढेको छ ।
सोमबार २३ जना संक्रमण मुक्त भएका छन्, भने २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा त्रिपुरासुन्दरी गाउपालिका र धादिङ्ग हस्पिटलमा १/१ जनारहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
योसगैँ जिल्लाको सक्रिय संक्रमितको संख्या १ सय ७७ पुगेको छ। संक्रमित मध्ये हस्पिटल आइसोलेसनमा १२ र होम आइसोलेसनमा १ सय ६५ रहेका छन्। त्यस्तै निलकण्ठ नगरपालिकामा १७ जनाको स्वाब संकलन गरिएको छ । सोमबार एन्टीजेन परिक्षण गरिएका ३४ जना मध्ये २ जनामा पोजिटिभ देखिएको छ ।