कात्तिक २४ ।
यहि कार्तिक २१ गते देखि गजुरीमा संचालित १२ औं क्षेत्रीय इसाइ युवा सम्मेलनको शुक्रबार समापन गरिएको छ । क्षेत्रीय इसाइ युवा समिती क्षेत्र नन्बर १ को आयोजना संचालित कार्यक्रम मा एच आर सि ब्यान्ड काठमान्डौ र पास्टर डेबिड ले ब्यक्तित्व बिकास र साचो परिचयका बिसयमा सहजीकरण गराउनु भएको थियो ।


आयोजक सस्था क्षेत्रीय इसाइ युवा समिती १ का अध्यक्ष याकुबले कार्यक्रमको समापन गर्नु भएको कार्यक्रममा ४० भन्दा बढी चर्चका पास्टर तथा अगुवाहरुको सहभागिता रहेको थियो । तीन दिन सम्म संचालित सम्मेलनमा सिद्द्लेक, बेनिघाट रोराङ, गजुरी र गल्छी गाउपालिकाका चालीस भन्दा बढी चर्चाका करिब चार सय पचास जवानहरुको सहभागिता रहेको थियो ।


गजुरी गाउपालिका वडा न १ स्थित गजुरी चर्च भवनमा संचालित कार्यक्रममा शुक्रबार युवाहरुले आफ्नो प्रतिभा नृत्य, गीत, लघु कथा प्रस्तुत गरेका थिए । युवाहरुलाई एकताबद्ध गरि ब्याक्तित्व बिकासका साथै आत्मिक वृद्धि गरि ब्याक्तित्व बिकास र समाज रुपान्तरण गर्न सक्षम बनाउने उदेश्यले सम्म्लेनको आयोजना गरिएको हो ।

Facebook Comments