
मंसिर २७ ।
संकटा क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
भएको खेलमा हिमालयन शेर्पालाई २–० गोल अन्तरले हराउंदै संकटा लिगको दोस्रो स्थानमा उक्लिएको हो ।जितसंगै संकटाले ८ खेलबाट २१ अंक जोडेको छ ।
र, सातौं जित निकालेको संकटाले शीर्ष स्थानको सिग्नेचर मनाङ मर्स्याङ्दीसंग अंक बराबरी गरेको छ । मनाङले एक खेल कम खेलेको छ । हिमालयन शेर्पा ८ खेलबाट ११ अंक जोडेर छैटौं स्थानमा छ ।