माघ २७, धादिङ ।
आगामी बुधबारसम्म राख्ने र उपचारको व्यवस्था गरिसकेपछि लगतै चीनको हुबेमा र वरपरका नगरमा रहेका सबै नेपालीहरुलाइ नेपाल ल्याउने एक सरकारी अधिकारीले जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले चीनमा रहेका नेपालीहरुलाइ तत्काल नेपाल फर्काउन सरकारलाइ निर्देशन दिए पश्चात सरकार त्यस काममा लागेको बताएको छ । यता चीन स्थित नेपाली दुतावासले भने आफूहरु नेपाल सरकारको निर्णयको पर्खाइमा रहेको बताएको छ । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुलाइ नेपाल फर्काउने व्यवस्था मिलाउनको लागी निर्देशन दिएको थियो । चीनबाट नेपाली नगरीकको उद्धार गर्न नेपाल वायु सेवा निगमको विशेष विमान पठाइने तयारी गरिएको छ ।
यता चीनमा रहेका नेपाली नागरीकका आफन्तहरुले भने छिटो भन्दा छिटो आफ्ना आफन्तहरुलाइ नेपाल फर्काउने व्यवस्था मिलाउनको लागि विभिन्न निकायहरुमा अनुरोध गरिरहेका छन् । चीनको हुबे प्रान्तबाट फैलिएको कोरोना भाइरसले अहिले महामारीको रुप लिएको छ । भने विश्वको विभिन्न देशहरुमा यसको संक्रमण देखिएको छ । हालसम्म ९०० जना भन्दा बढि चिनिया नागरिकले ज्यान गमाईसकेका छन् भने धेरैको संख्यामा संक्रमित भएका छन् ।

फन्तजनको छटपटी
तर हाल सम्म उनीहरूका परिवारका सदस्यहरु सरकारका विभिन्न निकायमा पुगेर हारगुहार गर्ने क्रम जारी छ। तीनै मध्येकी एक लिलादेवी भटराईले सरकारले फिर्ता ल्याउने विषयमा चासो नदिएको गुनासो गरिन्।
उनले भनिन्, ूहामीलाई धेरै पीडा भइरहको छ। हाम्रा बच्चाहरू पनि चीनमा निकै पीडित छन्। तर सरकार गम्भीर भएको जस्तो लागेन।ू
हुबे प्रान्तमा रहेका नेपालीहरूलाई फर्काउने विषयमा लगातार जसो सरकारका उच्च अधिकारीहरूबीच बैठक भइरहेका छन्। तर उनीहरूलाई ल्याएर छुट्टै स्थानमा राख्नुपर्ने र त्यसको व्यवस्थापनको काम भइरहेको अधिकारीहरू बताउँछन्।
हुबेमा १८६ जनाको संख्या रहेका नेपालीलाई चिकित्सकीय निगरानीमा अलग्गै राख्नका लागि भइरहेका काम बुधवार सम्ममा सकिने बताइएको छ।

कोरोनाभाइरस कसरी सर्छ र यसबाट कसरी जोगिनेरु
उक्त काम सकिए लगत्तै सबैलाई फर्काइने एकजना उच्च अधिकारीले बताए।
विमानको प्रतीक्षा
चीनमा व्यवस्थापनको काम गरिरहेको नेपाली दूतावासले भने लिन आउने जहाजको टुङगोको पर्खाइमा आफू रहेको जनाएको छ।
चीनको बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले भने, ूकुन मितिमा जहाज आउने हो त्यो थाहा हुने बित्तिकै हामी हुबेका नेपालीहरूलाई बसमा हालेर दुई दिनभित्र वुहान ल्याउन सक्छौँ।ू
यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुबेमा रहेका नेपालीहरुलाई तत्काल फर्काउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
आइतवार सरकारले पहल नगरेको भन्दै गुनासो लिएर आयोग पुगेका आफन्तसँग भेटघाट र छलफलपछि आयोगले सरकारलाई त्यस्तो निर्देशन दिएको आयोगका सचिव वेदप्रसाद भटराईले बताए।
आयोगले नेपालीहरुलाई फर्काउने विषयमा भएका प्रगतिका बारेमा जानकारी दिन सोमवार परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलाई बोलाइएको जनाएको छ।

Facebook Comments