माघ २७, धादिङ ।
सिद्धलेक गााँउपालिका स्तरीय अन्तर माध्यमिक बिद्यालय मदन भण्डारी मेमोेरियल तेश्रो रनिङ शिल्ड प्रतियोगिता सोमबारबाट सुरु भएको छ । सिद्धलेक गाँउपालिका वडा नं ७ पिपलटार स्थित माहाकाली माध्यमिक बिद्यालयमा सोमबारबाट तेश्रोे रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको संघिय सांसद भुमिप्रसाद त्रिपाठिले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । सिद्धलेक गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा मदन भण्डारी मेमोरियल अन्तर माध्यमिक विद्यालय तेस्रो रनिङ सिल्ड खेलकुद प्रतियोगिताको सोमबार उद्घाटन गरिएको हो । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ ।
सिद्धलेक गाउपालिका अध्यक्ष पे्रमनाथ सिल्वालको अध्यक्षतामा उद्घाटन गरिएको खेलकूद समारोहमा संघिय सांसद भुमी त्रिपाठीको प्रमुख आतिथ्य रहेको थियो । खेलकुद प्रतियोगिता उद्घाटन गर्दै साँसद त्रिपाठीले खेलकुदले विद्यार्थीहरुमा अनुशासन कायम गराउने बताउनुभयो । वर्तमान सरकार समृद्धितर्फ अघि बढेको बताउँदै साँसद त्रिपाठीले मुलुकको समृद्धिका लागि खेलकुद आवश्यक रहेको धारणा पनि व्यक्त गर्नुभयो ।
सिद्धलेक गााँउपालिका शिक्षा शाखा धादिङको आयोजनामा भएको तेश्रो मदन भण्डारी मेमोरियल रनिङ शिल्ड प्रतियोगितामा सिद्धलेक गााँउपालिकाका बिद्यालय सहभागि रहेका छन् । प्रतियोगितामा लङजम्म, सटपुट, दौड, भलिबल लगायतका खेलहरु हुने ७ नं। वडाका अध्यक्ष लक्ष्मण खतिवडाले बताउनुभयो ।