
धादिङमा विहिबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धादिङमा कुल सङ्क्रमितको सङ्ख्या ५ सय ७१ पुगेको छ । विहिबार थपिएका संक्रमितहरु मध्ये सबै भन्दा बढि निलकण्ठ नगरपालिकाका छन् ।
नीलकण्ठ नगरपालिकाका ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । नीलकण्ठ नगरपालिकाका वडा नम्बर ३ का २३ जना, वडा नम्बर ४ का ३ जना, वडा नम्बर ७ का ४ जना, वडा नम्बर ८ का ५ जना, वडा नम्बर १० का १ जना र वडा पहिचान नभएका ३ जना गरी ३९ जना रहेका छन् । यस्तै खनियावासका ८ जना छन् ।
खनियावास गाउँपालिका वडा नम्बर ४ का ४ जना वडा नम्बर ५ का ३ जना र वडा पहिचान नभएका १ जना छन् । ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का ४ जना, वडा नम्बर ६ का १ जना र वडा पहिचान नभएका १ गरी ६ जना रहेका छन् ।
यसैगरी गल्छी गाउँपालिका वडा नम्बर १ का १ जना, वडा नम्बर २ का १ जना, गजुरी गाउँपालिका वडा नम्बर १ का १ जना, गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का १ जना, त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का १ जना, थाक्रे गाउँपालिका वडा नम्बर ९ का १ जना रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।