२ जेठ, धादिङ ।
ईजरायल र प्यालेस्टिनबीच अघिल्लो हप्तादेखी सुरु भएको हिंसात्मक कारवाहिहरु आज सम्म पनि जारी रहेको विभिन्न अन्र्तराष्ट्रिय संचार माध्यमहरुले जनाएको छ । आज विहान सबेरै गाजामा ईजरायली हवाई आक्रमणमा परि ३ जना प्यालेस्टिनीहरूको ज्यान गएको छ । सुरुमा प्यालेस्टिनी पक्षबाट ईजरेलको मुख्य शहर तेल अभिभमा रकेट प्रहार गरिएको थियो । दोहोरो कारबाहि शुरू भए यता कम्तीमा गाजामा १४८ जना मानिसहरूको मृत्यु भएको छ । ईजरायलमा दुई बच्चा सहित १० जना मारिएको बताइएको छ । साथै दुवै तर्फ हताहती भएको र क्षतिको एकिन विवरण नआएको बताएको छ । साथै शनिबार इजरायली सेनाको हवाई आक्रमणबाट गाजामा रहेको अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी) र कतारी टेलिभिजन च्यानल अलजजिराको कार्यालय भएको १५ तले भवनलाइ ध्वस्त पारिदिएको छ ।

ईजरायल र प्यालेस्टिनबीचको हिंसात्मक द्धन्द बढ्दै गएपछि अन्तर्राष्ट्रिय समुदायले चर्कँदो द्वन्द्व अन्त्य गर्न दुवै पक्षलाइ आग्रह गरेको छ ।
यता एक टेलिभिजन मार्फत ईजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले भने आक्रमणको दोषी हामी होइनौँ हामी माथी आक्रमण गर्नेहरू दोषी हुन् । हामी आवश्यक परेसम्म’ कारबाही जारी राख्ने बताएको छ । पूर्वी जेरुसलेममा ईजरायलि र प्यालिस्टिनीबीच तनाव बढ्दै गएपछि गत हप्तादेखि हिंसा चर्किएको हो ।

Facebook Comments