
धादिङमा संक्रिय कोरोना संक्रमितको संख्या एक हजार भन्दा तल झरेको छ ।
मंगलबार मात्रै १८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै मंगलबार थप ५० जनामा कोरोना संक्रमणपुष्टी भएको छ । संक्रमणपुष्टी हुनेमा बेनिघाटमा ३१, रुबिभ्यालिमा ९, ज्वालामुखीमा ३, गंगाजमुनामा १, थाक्रेमा ४ र सिद्धलेक मा २ जना रहेका छन् ।
जिल्ला भित्र ८३२ र जिल्ला बाहिर १५९ गरेर धादिङमा संक्रिय संक्रमितको संख्या ९९१ पुगेको स्वास्थ्य कार्यालय धादिङका सिआईसिटि सहजर्कता उन्नती महर्जनले जानकारी दिनुभयो । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २२, संस्थागत मा ३२ र होम आइसोलेसन मा ७७८ रहेका छन ्।
त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा ३५ र होम आइसोलेसनमा १२६ रहेका छन्। जिल्ला भित्र आज १० स्वाब संकलन भएको छ । ४४ एनटीजेन परिक्षण मध्ये ११ जना कोरोना पोजिटिभ देखिएको छ ।